Helping Today Helping Tommorow
Helping Today Helping Tommorow
जादू-टुना, शकुन, मुहूर्त, मणि, ताबीज आदि अन्धविश्वासका सन्तान हुन्। यी सबका अन्तस्तलमा केही धार्मिक भाव छन्, परन्तु यी भावहरूको विश्लेषण हुन सक्तैन। यिनमा तर्कशून्य विश्वास छ। मध्य युगमा यो विश्वास प्रचलित थियो कि यस्तो कुनै काम छैन जो मंत्र द्वारा सिद्ध हुँदैन। असफलताहरूलाई अपवाद मानिन्थ्यो। यस कारण कृषि रक्षा, किल्लाको रक्षा, रोग निवारण, सन्तान लाभ, शत्रु विनाश, आयु वृद्धि आदिका निम्ति मन्त्र प्रयोग, जादू-टुना, मुहूर्त र मणिको पनि प्रयोग प्रचलित थियो।
मणि धातु, काठ वा पातको बनाइन्छ र त्यसमा कुनै मन्त्र लेखेर गला वा पाखुरामा बाँधिन्छ। यसलाई मन्त्रले सिद्ध गरिन्छ र कहिले-कहिले यसलाई देवतालाई झैं गरिन्छ। यसको उद्देश्य हो आत्मरक्षा र अनिष्ट निवारण।
योगिनी, शाकिनी र डाकिनीसम्बन्धी विश्वास पनि मन्त्र विश्वासको नैं विस्तार हो। डाकिनीका विषयमा इंग्ल्याण्ड र यूरोपमा १७ औँ शताब्दीसम्म कानुन बनि सकेका थिए। योगिनी भूतयोनिमा मानिन्छ। यस्तो विश्वास छ कि यसलाई मन्त्रद्वारा वशमा गर्न सकिन्छ। फेरि मन्त्र पुरुष यसद्वारा अनेक दुष्कर र विचित्र कार्य गराउन सक्छ। यही विश्वास प्रेतका विषयमा प्रचलित छ।
फलित ज्योतिषको आधार गणित हुँदैमा यो अन्धविश्वास होइन भन्दा हुन्न । शकुन अन्धविश्वास हो। अनेक अन्धविश्वासले रूढिको पनि रूप धारण गरेकोछ।
+977 9855049508
janchetana2081@gmail.com
Kalaiya 3 Bara, Nepal
Support our NGO’s work by donating via eSewa. Your generosity helps us provide essential aid and resources to those in need. Every contribution counts!
Help us continue our mission to uplift communities in need. Donate through eSewa and be a part of something meaningful. You will directly support our NGO’s efforts to improve lives and create lasting change. Every little bit helps!